दफा १४
दावी, प्रतिदावी, प्रतिवाद वा प्रत्युक्ति पेश गर्ने
(१) सम्झौतामा दावी पेश गर्ने म्याद उल्लेख भएकोमा सोही म्यादभित्र र कुनै म्याद उल्लेख नभई मध्यस्थ हुने व्यक्तिको नामसम्म उल्लेख भएकोमा मध्यस्थता गराउनु पर्ने विवाद उत्पन्न भएको मितिले र विवाद खडा भएपछि मध्यस्थ नियुक्त भएकोमा मध्यस्थ नियुक्त भएको मितिले तीन महिनाभित्र दावी पेश गर्नु पर्नेछ । त्यसरी दावी पेश गर्दा पक्षले कुन कुरामा मतभेद
भएको हो र कुन कुरा गराई पाउन चाहेको हो सो खुलाई प्रमाण सहित मध्यस्थ समक्ष आफनो दावी लिखित रुपमा पेश गर्नु पर्नेछ र त्यस्को एकप्रति अर्को पक्षलाई समेत दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम दावी पेश भएपछि सम्झौतामा अन्यथा व्यवस्था भएकोमा बाहेक अर्को पक्षले दावी प्राप्त गरेको तीस दिनभित्र त्यस्तो दावी उपर प्रतिवाद पेश गर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिमको म्यादभित्र अर्को पक्षले प्रतिवाद र सो सम्बन्धमा निजको कुनै प्रतिदावी भए सो समेत पेश गर्नु पर्नेछ र निजले प्रतिदावी समेत पेश गरेमा मध्यस्थले त्यस्तो प्रतिदावी उपर प्रत्युक्ति पेश गर्न दावी पेश गर्ने पक्षलाई पन्ध्र दिनको म्याद दिनु पर्नेछ र त्यसरी प्रत्युक्ति पेश भएकोमा प्रतिदावी पेश गर्ने पक्षलाई त्यसको एकप्रति उपलब्ध गराउनु पर्नेछ ।
(४) उपदफा (२) वा (३) बमोजिमको म्यादभित्र कुनै पक्षले आफनो काबु बाहिरको परिस्थितिले गर्दा , प्रतिवाद वा प्रत्युक्ति पेश गर्न नसकेमा त्यसको मनासिब कारण खुलाई त्यस्तो म्याद समाप्त भएको मितिले पन्ध्र दिनभित्र म्याद थपको लागि मध्यस्थ समक्ष निवेदन दिन सक्नेछ र निवेदनमा उल्लिखित कारण मनासिब देखिएमा मध्यस्थले निवेदन माग बमोजिम मनासिब म्याद थप गर्न सक्नेछ ।
(५) यस दफा बमोजिम दावी, प्रतिदावी वा प्रतिवाद वा प्रत्युक्ति पेश गर्दा सो विवाद सम्बन्धी सबै लिखत तथा त्यसलाई समर्थन गर्ने कुनै सबूद प्रमाण भए सो समेत पेश गर्नु पर्नेछ । पक्षहरुले कुनै कुरा साक्षीद्वारा प्रमाणित गर्न गराउन चाहेमा दावी, प्रतिदावी, प्रतिवाद वा प्रत्युक्तिमा साक्षीको नाम, थर, वतन समेत खुलाउनु पर्नेछ र मध्यस्थले तोकेको दिन त्यस्ता साक्षीलाई सम्बन्धित पक्ष आफैले मध्यस्थ समक्ष उपस्थित
गराउनु पर्नेछ ।
(६) यस ऐन बमोजिम प्रत्येक पक्षले मध्यस्थताको काम कारबाहीको सन्दर्भमा मध्यस्थ समक्ष दाखिल गरेका कागजातहरुको प्रतिलिपि अर्को पक्षलाई दिनु पर्नेछ ।